add

सन्दीप यूएईमा हुने टी-२० खेलको मार्की खेलाडी






ActPro Nepal

|

२४ साउन, २०७९

|
638

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरब इमिरेट्स (यूएई) को इन्टरनेसनल टी-२० खेल्ने भएका छन् । यूएई क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप मार्की खेलाडीको रुपमा अनुबन्धित भएका हुन् ।

प्रतियोगितामा सन्दीपसँगै विश्वका चर्चित खेलाडीहरु मार्की खेलाडीको रुपमा जोडिएका छन् । जसमा मोइन अली, आन्द्रे रसेल, डविड मलान, वनिन्दु हसरंगा, सुनिल नारिन, एभिन लुइस, कोलिन मुन्रो, फाविएन अलेन, साम बिलिङ, दुस्मन्था चमिरा, सिम्रोन हेडमायर, अकेइल हुसेन, क्रिस जोर्डन, टम ब्यान्टोन, क्रिस लिन, रोभम्यान पोवेल, भानुका राजापाक्षे र मुजिब उल रहमान छन् ।

अर्को वर्षको सुरुआतमा हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा एक टिमले १८ खेलाडी राख्न पाउनेछन् । 

जसमा चार यूएईका र दुई एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य राख्न पर्ने आयोजनले जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.