add

चक्रपथ विस्तार: चीनले काम चाँडै थाल्ने, नेपालले सर्भिस लेन बनाउँदै






ActPro Nepal

|

२४ फागुन, २०८१

|
157

काठमाडौं । लामो समयदेखि अघि बढ्न नसकेको चक्रपथ दोस्रोखण्ड अन्तर्गत कंलकी-महाराजगञ्ज सडकखण्ड विस्तारको काम चाँडै सुरू हुने भएको छ ।

चीन सरकारले अनुदानमा बनाइदिने उक्त सडक विस्तार अब चाँडै सुरू हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जानकारी दिएका हुन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक तथा शून्य समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले मुख्य लेनको सम्पूर्ण पूर्वतयारीका कार्य सम्पन्न भइसकेको जानकारी दिएका हुन् । चिनियाँ पक्षेले चाँडै सडक विस्तार सुरू गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

दुई देश बीचको सम्झौता अनुसार ८ लेनको उक्त सडकको मुख्य सडक चीनले र सर्भिस लेन नेपाल सरकारले बनाउनु पर्नेछ । सो अनुसार हाल नेपालले सर्भिस लेन विस्तारको काम गरिरहे पनि मुख्य सडक निर्माण सुरू हुन सकेको छैन ।

‘मुख्य लेनको सम्पूर्ण पूर्वतयारीका कार्य सम्पन्न भइसकेकाले केही समयमै चीन सरकारको सहयोगमा बाँकी निर्माण कार्य सुरू हुनेछ,’ मन्त्री दाहालले भने ।

चक्रपथको कलंकीदेखि नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर सडक दोस्रो खण्डमा विस्तार गर्न लागिएको हो । चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरू गर्नु पहिले नै साइट क्ल्यिरेन्स गर्न लगाएको छ ।

हाल नेपालले गर्नुपर्ने उक्त सडकको साइट क्लियरेन्सको काम लगभग सकिएको छ । चिनियाँ पक्षले पनि डीपीआर निर्माण गरिसकेको छ।

चक्रपथ सडकको सीमा चौडाइ ६२ मिटर कायम गरिएको छ । स्वयम्भूको चैत्य भने नभत्काउन सहमति भइसककेको हाल कलंकीदेखि नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने भएको हो । बाँकी क्षेत्र तेस्रो खण्डमा निर्माण गर्ने योजना रहेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।

यसअघि चक्रपथ पहिलो खण्ड (कोटेश्वर-कलंकी १०.३९ किमी) ८ लेनमा विस्तार भइसकेको छ  । पहिलो खण्ड गलत डिजाइनमा बनाइएको, सहरी सडकभन्दा पनि एक्सप्रेस हाइवे बनाइएको र ढिलो काम भएको भन्दै आलोचना भएको थियो ।

यो सडक निर्माण सुरू भएको ३ वर्षमा विस्तार सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.