add

इरानले गर्‍यो इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण]






ActPro Nepal

|

२ वैशाख, २०८१

|
121

एजेन्सी । इरानले इजरायलमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको छ । सिरियास्थित वाणिज्य दूतावासमा इजरायली आक्रमणको प्रतिकारस्वरुप यो आक्रमण गरिएको इजरायलले जनाएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) ले खास लक्ष्यलाई निशाना बनाउने उद्धेश्यले आक्रमण गरिएको जनाएको छ । इजरायली सेनाका अनुसार १ सयभन्दा बढी ड्रोनबाट इरानले आक्रमण गरेको हो । त्यसमध्ये केही ड्रोन अमेरिकाले खसालेको छ। 

इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले आवश्यकता भएका स्थानमा खतरालाई रोकिएको र खतराको सामना गर्न तयार भएको जनाएको छ । आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्ध मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 

आक्रमणपछि इजरायलमा चेतावनीस्वरुप साइरन बजाइएको छ भने जेरुसलेममा बिस्फोटका आवाज सुनिएका छन् । १८ सय किलोमिटर टाढा रहेको इरानबाट इजरायलसम्म कुनै ड्रोन पुगे नपुगेको भने स्पष्ट भएको छैन । अमेरिकाले पनि ड्रोन कहाँ खसालिएको छ भन्ने जानकारी दिएको छैन । 

यस्तै, इजरायल, लेबनान र इराकले आफ्नो एयरस्पेस बन्द गरेका छन् भने सिरिया र जोर्डनले आफ्नो एयर डिफेन्स सिस्टमलाई अलर्ट राखेका छन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.