add

विश्वकै पहिलो प्रदूषित शहर बन्यो काठमाडौँ






ActPro Nepal

|

२८ चैत, २०८०

|
312

काठमाडौं । केही दिनअघि वर्षाले सफा भएको काठमाडौंको वायु फेरि प्रदूषित बनेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टले काठमाडौं विश्वमै पहिलो प्रदूषित सहरमा परेको देखाएको हो ।

बुधवार बिहान ८ बजेको रेकर्डअनुसार काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ २४१ रहेको छ । सूचीको दोस्रो नम्बरमा लाहोर रहेको त्यसको २०६ एक्यूआई छ । भारतको दिल्ली २०४ एक्यूआई सहित तेस्रोमा रहेको छ ।

सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । २ सयभन्दा धेरै एक्यूआइ भएमा हानिकारक र ३ सयभन्दा बढी भएमा अति हानिकारक मानिन्छ । तथ्याक अनुसार ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदूषित हावामा सास फेर्न बाध्य छन् । यसका कारणले जनस्वास्थ्यमा जटिलताहरू थपिँदै गएको पाइएको छ ।

वायु प्रदूषणका कारण आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा बर्सेनि वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको ज्यान जाने गरेको छ । विश्वमा ७० लाख मानिसको ज्यान जाने गरेको छ ।

यस्तो समयमा बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ ।

वायु प्रदूषणका कारणले घरबाहिरको खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङ वाकमा घरबाहिर जाने गरेको भए पनि नजानसमेत विज्ञहरुले अग्रह गरेका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.