धरान उपमहानगरसहित वडा कार्यालयहरूमा तालाबन्दी

धरान उपमहानगरसहित वडा कार्यालयहरूमा तालाबन्दी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रदेश नं. १ पुन: नामाङ्कन गर्नुपर्ने मागसहित आज पहिचान पक्षधरहरुले धरान उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यलय र विभिन्न वडा कार्यालयहरुमा तालाबन्दी गरेका छन् ।

आन्दोलनरत पहिचान पक्षधरहरुले कोशी प्रदेश लेखिएको स्टाम्प पनि उपमहानगरपालिका गेट अगाडि जलाएका थिए । पहिचान पक्षधरले दैनिकजस्तो आन्दोलनका कार्यक्रम गरिरहेका छन्।

चैत ५ गते विराटनगरमा भएको प्रदर्शनको क्रममा घाइते भएका लिम्बूवान भोलेन्टियर्सका केन्द्रीय सह-कमाण्डर पदम लिम्बू (लाजेहाङ) को उपचारका क्रममा मृत्यु भएको थियो।

Recent Comments

No comments to show.