add

अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र प्राधिकरणको हटाउन आग्रह






ActPro Nepal

|

१४ मंसिर, २०७९

|
764

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउने गरी अल्टिमेटम दिएको छ ।

३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाउने भएको छ । काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले अनधिकृत संरचना ३५ दिनभित्र नहटाए हटाउँदा लागेको लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी समेत दिएको छ। यसअघि एकीकृत बागमती सभ्यता विकास समितिको आह्वानमा नदी किनारका संरचना हटाउन खोज्दा महानगरपालिकामाथि आक्रमण भइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.