add

विश्वको जनसंख्या १५ नोभेम्बरमा ८ अर्ब पुग्‍ने






ActPro Nepal

|

२७ कार्तिक, २०७९

|
625

काठमाडौं । विश्वको जनसंख्या ८ अर्ब पुग्न लागेको छ । युएनएफपीएका अनुसार नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या आठ अर्ब पुग्न लागेको हो ।

यो प्रक्षेपण यस वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको राष्ट्रसंघीय जनसंख्या सम्भाव्य २०२२ मा खुलासा गरिएको थियो तर अनुमानित समयसीमा केही दिन मात्र बाँकी रहेकाले अहिले यो प्रक्षेपण भइरहेको छ ।

विश्वको जनसंख्या पछिल्लो दुई सय वर्षमा तीव्र रुपमा बढेको हो। १ अर्ब जनसंख्या १ अर्ब पुग्न लाखौं वर्ष लागेकोमा करिब दुई सय वर्षमै ७ अर्ब पुग्यो।

सन् २०११ मा ७ अर्ब रहेको जनसंख्या २०२१ मै ८ अर्बको नजिक पुग्यो। युएनएफपीएका अनुसार २०३० मा ८ अर्ब ५० करोड र २०५० मा ९ अर्ब ७० करोड अनि २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान छ।

युएनएफपिएका अनुसार संसारभरि अहिले एक जना महिलाले औसतमा २.४ जना बच्चा जन्माउँछन्। पुरूषको औसत आयु ७१ र महिलाको ७६ वर्ष छ।

अहिले सबैभन्दा धेरै जनसंख्या चीनमा छ। चीनमा १ अर्ब ४४ करोड मानिस छन् भने भारत दोस्रो नम्बरमा छ। भारतको जनसंख्या १ अर्ब ४० करोड छ। अबका केही वर्षमा भारतको जनसंख्याले चीनलाई उछिन्ने अनुमान छ।

वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०१९ का अनुसार विश्वको कुल जनसंख्यामध्ये ६० प्रतिशतभन्दा बढी एसियामा छ। चीन र भारत सबैभन्दा बढी जनसंख्या हुने देशमा क्रमशः पहिलो र दोस्रो नम्बरमा पर्छन्।

२०२७ मा भारतले चीनलाई उछिन्ने अनुमान छ। सन् १९८७ को जुलाई ११ का दिन विश्वको जनसंख्या ५ अर्ब पुगेको थियो । २ सय वर्षअघि विश्वको जनसंख्या १ अर्ब थियो र त्यो १ अर्ब जनसंख्या हुन लाखौं वर्ष लागेको थियो ।

तर १ अर्बबाट ७ अर्ब पुग्न करिब २ सय वर्षमात्र लाग्यो । सन् २०११ मा विश्वको जनसंख्या ७ अर्ब पुगेको थियो । त्यसयताको ११ वर्षमा विश्वमा १ अर्ब जनसंख्या थपिँदै छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.