add

द्रौपदी मुर्मु बनिन् भारतको राष्ट्रपति






ActPro Nepal

|

६ साउन, २०७९

|
605

काठमाडौँ । भारतमा आदिवासी नेत्री द्रौपदी मुर्मू राष्ट्रपति निर्वाचित भएकी छन् । यससँगै उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति बनेकी हुन् । ६४ वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो। उनी सन्थाल समुदायकी हुन्।

यो समुदायका व्यक्ति भारतसहित बंगलादेश र नेपालको तराई भेगमा बसोबास गर्छन् । राष्ट्रपति पदका लागि गत सोमवार मतदान भएको हो । पचास प्रतिशतभन्दा बढी मत ल्याएपछि राष्ट्रपति चुनिने प्रावधान छ । उनको पद तथा गोपनीयताको सपथ सोमबार हुने छ।

राष्ट्रपति चयन प्रक्रियामा सङ्घीय संसद्का दुवै सदन र राज्य तथा केन्द्रप्रशासित भूभागका व्यवस्थापिका संसद्का सदस्यहरूले मतदान गरेका थिए। उनलाई सत्तारूढ भारतीय जनता पार्टी भाजपाले उम्मेदवार बनाएको थियो। मुर्मू यसअघि उनी झारखण्डकी राज्यपाल थिइन्। मुर्मू रामनाथ कोविन्दको उत्तराधिकारी हुनेछिन्।

कोविन्दको कार्यकाल जुलाई २४ मा सकिन लागेको छ। उनी भारतको राष्ट्राध्यक्ष बन्ने दोस्री महिला हुन्। सन् २००७ जुलाईदेखि २०१२ सम्म राष्ट्रपति बनेकी प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन्।

राष्ट्रप्रमुख चयनको प्रतिस्पर्धामा मुर्मूले विपक्षी उम्मेदवारका रूपमा रहेका अनुभवी नेता तथा यशवन्त सिन्हालाई पराजित गरेकी हुन्। सिन्हा पहिला भाजपामै थिए। सन् १९९० को दशकमा सन् २००० को दशकको सुरुतिर प्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको भाजपा सरकारमा सिन्हा वरिष्ठ मन्त्री थिए। अहिले भाजपा र मोदीका प्रखर आलोचकका रूपमा सिन्हा चिनिन्छन्।

मुर्मूका बुवा ग्राम परिषद्का प्रमुख थिए। उनले उडिसाको राजधानी भुवनेश्वरस्थित रमादेवी महिला कलेजमा अध्ययन गरिन्। उनले उडिसा सरकारको सामान्य कर्मचारीका रूपमा काम थालेकी उनी सन् १९७९–१९८३ मा सिँचाइ तथा ऊर्जा विभागमा कनिष्ठ सहायक थिइन्।

उनले सन् १९९४ देखि १९९७ सम्म रायरङ्गपुरस्थित अरबिन्दो इन्ट्रिगल एजूकेशन एन्ड रिसर्च सेन्टरमा अध्यापन पनि गरिन्। द्रौपदी मुर्मूको राजनीतिक जीवन सन् १९९७ मा सुरु भएको हो। त्यतिबेला उनी स्थानीय परिषद् सदस्य चुनिएकी थिइन्।

भाजपाबाट उनी राज्यसभामा सन् २००० र सन् २००९ मा गरेर दुई पटक रायरङ्गपुरबाट निर्वाचित भइन्। सन् २००० देखि २००४ सम्म उडिसा राज्यको गठबन्धन सरकारमा उनी मन्त्री थिइन्। बिजु जनता दलका नवीन पटनायकले राज्य सरकारको नेतृत्व गरेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.