add

एप्पलले ल्यायो पहेँलो रंगको दुई नयाँ आइफोन






ActPro Nepal

|

२४ फागुन, २०७९

|
669

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १४ सिरिजका पहेँलो रङमा आइफोन १४ र आइफोन १४ प्लसका नयाँ भेरिएन्ट सार्वजनिक गरेको छ ।

सामान्यतया वसन्त ऋतुमा आफ्ना आइफोनका विभिन्न रङका नयाँ मोडेलहरु ल्याउने गर्दछ । नयाँ भेरिएन्टमा रङका अलावा अरु कुनै परिवर्तन छैन । डिजाइनमा पनि कुनै परिवर्तन गरिएको छैन पनि हार्डवेयर तथा स्पेसिफिकेशन पनि उस्तै छ ।

गतवर्ष एप्पलले यहीँ सिजनमै आइफोन १३ र आइफोन १३ प्रो को अल्पाइन ग्रीन भेरिएन्ट लञ्च गरेको थियो । आइफोन १४ र १४ प्लसमा टिकाउ सेरेमिक शिल्ड फ्रन्ट कभर दिइएको छ भने दीगो प्रदर्शनी र सहज मर्मतको लागि यसको आन्तरिक डिजाइन अपडेट गरिएको छ। यसबाहेक यी मोडलहरूको ब्याट्री क्षमता पनि अपग्रेड गरिएको छ।

कम्पनीका अनुसार नयाँ मोडलको आइफोन १४ र १४ प्लस आगामी शुक्रबारदेखि अमेरिकी बजारको लागि प्रि-अर्डर उपलब्ध गराइनेछ। अर्को साताको मंगलबारदेखि भने यसको खरिद-बिक्री सुरू हुनेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.