add

‘इन्स्टाग्राम’लाई चुनौंती दिने ‘वि रियल’






ActPro Nepal

|

९ मंसिर, २०७९

|
449

काठमाडौं । विगत १० बर्षदेखिमा फोटो सेयरिङ एप इन्स्टाग्राम, स्न्यापच्याट,फेसबुकलगायतले निरन्तर इन्टरनेट संसारमा राज गरिरहेको छ । त्यसो त पछिल्ला केही बर्षहरुमा भिडियो सेयरिङ एपले पनि छुट्टै स्थान बनाएको देखिन्छ ।

तर यी दुवै प्रकारका एपमा प्रयोगकर्ताले आफुलाई सुन्दर या उत्कृष्ट देखाएर प्रस्तुत गरेको पाइएको छ । प्रयोगकर्ताहरुको मनोभावना बुझेर सामाजिक सञ्जालहरुबीच प्रयोगकर्ता तान्न विभिन्न व्युटी इफेक्टहरु उपलब्ध गराउने होडबाजी चलिरहेको बेलामा केही देशहरुमा फिल्टर नभएको एप बि रियलमा आकर्षण बढेको देखिन्छ ।

सामान्यतया हामीमध्य धेरैले सामाजिक सञ्जालमा फोटो सबैभन्दा उत्कृष्ट वा राख्दा फिल्टर तथा एडिट टुल प्रयोग गरेर मात्र पोष्ट गर्छौ । अझै मन नपरेको अवस्थामा पोष्ट गरेको फोटो डिलिट पनि गर्छौ । तर वि रियलले बिना फिल्टर आफ्नो फोटो सेयर गर्न प्रेरित गर्छ । त्यसैले त कतिपयले यसलाई इन्स्ताग्राम किलरको संज्ञा दिइरहेका छन् ।

२०२० देखि सञ्चालनमा ल्याइएको पनि यो एप २०२२ को बीचबाट लोकप्रियता कमाएको देखिन्छ । एलेक्सि बारयाट र केभिन पिर्युले डेभलप गरेका हुन् । फ्रन्ट तथा व्याक दुवै क्यामरा एकैपटक क्याप्चर गर्छ ।

त्यसो त तपाँईले रिटेक गर्न पनि सक्नुहुन्छ । तर साथीले कतिपटकको प्रयास पछी फोटो पठाउनु भएको देख्न सक्नेछन् । बि रियल फ्रेन्च सामाजिक सञ्जाल एप हो ।

बि रियललाई यसको सुरुवात पछि हालम्म ५० मिलियन भन्दा बढी पटक डाउनलोड गरिएको छ । आजसम्म, यसको प्रयोगकर्ता आधार ३१५ प्रतिशतले बढेको छ। फोटोसाझेदारी एप वि रियलले प्रयोगकर्ताहरूलाई दिनमा एक पटक उनीहरूले त्यो सही क्षणमा के गरिरहेको छ भन्ने फोटो पोस्ट गर्न प्रेरित गर्दछ ।

यसको अर्को रमाइलो पक्ष भनेको क्यामेराले तपाईको स्मार्टफोनको अगाडि र पछाडिको क्यामेराबाट एकैपटक फोटो खिच्नेछ । प्रयोगकर्ताहरूले सो एप खोलेर नोटिफिकेसन आएको २ मिनेट भित्र फोटो पोष्ट गर्नुपर्ने छ । फोटो पोष्ट हुँदा तपाँईको दुवै क्यामराले खिचेको फोटो देखिन्छ ।

एक पटक पोष्ट भइसकेको फोटो ‘डिलिट’ वा ‘एडिट’ गर्ने अप्सन हुदैन । तपाँईले पोष्ट गर्नुभएको ३० सेकेन्डभित्र साथीले त्यो फोटो देख्न सक्नेछन् । पछिल्लो समय अमेरिका अष्टेलिया, जर्मनीलगायत देशमा सबैभन्दा बढी डाउनलोड हुने एप बनिसकेको छ ।

वि रियलमा भिडियो, स्टोरी तथा म्यासेजको अप्सन भने छैन । यसमा विशेषगरी १८ देखि २५ बर्षमा युवाहरु आकर्षित भएको पाइएको छ । हामी अरुले के सोच्छन् भन्ने सोचले अरुको अगाडी पर्फेक्ट बन्न प्रयास गरिरहेका हुन्छौ । तर वि रियल आफु जे हो त्यो देखिन प्रेरित गर्ने उद्देश्यसहित विकास गरिएको बताइएको छ ।

हाल दैनिक २० करोड भन्दा बढीले वि रियल एप प्रयोग गर्ने गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.