add

निःशुल्क इन्टरनेट: देशैभर उच्च गतिको इन्टरनेट पु-याउने परियोजना सम्पन्न






ActPro Nepal

|

१५ साउन, २०७९

|
752

काठमाडौं । ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप देशभरका सरकारी विद्यालय तथा स्वास्थ्य चौकीमा निःशुल्क इण्टरनेट जडानको काम सम्पन्न भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशका कूल १६ हजार १७७ स्थानमा दुई वर्षसम्मका लागि निःशुल्क इण्टरनेट जडान गरेको हो ।

जसमा पाँच हजार २९९ माध्यमिक विद्यालय, चार हजार २३४ ओटा स्वास्थ्य संस्था, पाँच हजार ९३३ वडा कार्यालय र सात सय आठ ओटा स्थानीय निकाय रहेका छन् । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी यो परियोजना अघि बढाएको थियो ।

जसमा काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगा रहेका छन् ।

जसमा ७६ ओटा स्थानीय तह गरी कूल ४ हजार २ सय ५१ संस्थाहरू रहेका छन् ।

प्राधिकरणका अनुसार १८ ओटा प्याकेजमध्ये १० ओटा प्याकेजको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ । पाँच ओटा परियोजनामा परामर्शदाताबाट दोस्रो चरणको अनुगमन सकिएको छ । बाँकी तीन ओटा प्याकेज भने तेस्रो चरणको प्रमाणिकरणको प्रक्रियामा छन् ।

सो परियोजना अन्तर्गत भुकम्पबाट अति प्रभावित ८ जिल्लाका स्थानीयहरुका सबै स्थानीय तहको कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्थाहरुमा क्षमता अभिबृद्धि गर्न र जडान गर्न सम्पूर्ण आधारभुत विद्यालयहरुमा गरी कम्तिमा ४ हजार २ सय ५१ स्थानहरुमा २० एमवीपीएस क्षमताको नन डेडिकेटेड ब्रोडव्याण्ड इण्टरनेट सेवा जडान गरि २ बर्ष सम्मको बर्षसम्म निशुल्क रुपमा उपलब्ध गराइने छ । २ बर्ष पुरा भएपछि भने इण्टरनेटको शुल्क तिर्नुपर्ने हुन्छ।

ग्रामिण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप भूकम्पबाट अति प्रभावित जिल्लहरुका सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय , सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थामका ४,१५१ स्थानमा इण्टरनेट जडान गरि महशुल बापताको रकम उपलब्ध गराउन ६७ मध्ये ७३ स्थानीयतहसँग हस्ताक्षर भैसकेको प्रधिकरणले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.