add

टेलिकमले ल्यायो ‘अटम अफर’






ActPro Nepal

|

२ कार्तिक, २०७८

|
1531

काठमाडौँ । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याक तथा एफटीटीएच सेवामा समर अफरअन्तर्गत ‘अटम अफर’ सुरु गरेको छ।

हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई परिमार्जन गरी कात्तिक १ गतेबाट लागू हुने टेलिकमले अफर सुरु गरेको जानकारी दिएको छ।

टेलिकमका अनुसार सजिलो अनलिमिटेड पोस्टपेड रु.५९९ अफर टेलिकमका अनुसार ‘अटम अफर’मा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध छ। अफर ३० दिनसम्म चलाउन मिल्नेगरी ५ सय ९९ रुपैयाँमा अनलिमिटेड ‘अननेट भ्वाइस’ सेवा उपलब्ध गराएको छ।

‘अटम अफर’ खरिद गरेपश्चात् डाटा सेवा लिन चाहेमा ग्राहकले २ सय ९९ रुपैयाँमा प्रतिदिन १ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सक्नेछन्। साथै, ३० जीबी डाटा सेवा एड अनको रुपमा खरिद गर्न सकिने टेलिकमले जानकारी दिएको छ।

टेलिकमले प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा ६४ केबीपीएसको अनलिमिटेड डाटा सेवा गर्ने बताएको छ। यो अफरमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन।

यस सेवाअन्तर्गत ग्राहकले ६४ केबीपीएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा ३० रुपैयाँमा १ जीबी, ४० रुपैयाँमा २ जीबी र ५० रुपैयाँमा ३ जीबी डाटा बाउनेछन्। यो सेवा २४ घण्टाभित्र प्रयोग गरिसक्नु पर्नेछ। त्यस्तै, ‘अटम अफर’मा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जीबी प्रयोग गर्न सक्ने ३० जिबी डाटा सेवाको प्याक ५ सय ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन्।

यो अफरअन्तर्गत ग्राहकले खरिद गरेपश्चात् सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा २ सय ९९ रुपैयाँमा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सक्ने टेलिकमले जानकारी दिएको छ। यो प्याकेजमा प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा कम्पनीले ६४ केबीपीएस अनलिमिटेड डाटा सेवा उपलब्ध गराउने छ।

सजिलो अनलिमिटेड पोस्टपेड रु. ७९९ मा

यसैगरी, टेलिकमले सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफरसमेत सुरु गरेको छ। यो अफरमा ७ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा प्रतिदिन १ जीबीका दरले ३० दिन ग्राहकले प्रयोग गर्न पाउने छन्। यो योजनामा ग्राहकले ३० जीबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा पाउनेछन्।

सजिलो अनलिमिटेड पोस्टपेड रु. ९९९मा

नेपाल टेलिकमले सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफरसमेत सुरु गरेको छ। यो योजनाअन्तर्गत ९ सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा रहेको छ। यसअन्तर्गत प्रतिदिन २ जीबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जीबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिने टेलिकमले जानकारी दिएको छ।

सजिलो अनलिमिटेड पोस्टपेड रु. १४९९ मा

टेलिकमले ‘सजिलो अनलिमिटेड पोस्टपेड रु. १४९९’ योजना पनि सुरु गरेको छ। यो योजना अन्तर्गत ग्राहकले १ हजार ४ सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, एक हजार वटा अननेट सन्देश, प्रतिदिन ४ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जीबी डाटा, दुई सय मिनेट अफ नेट भ्वाइस र दुई सय वटा अफ नेट सन्देश सुविधा पाउनेछन्।

सस्तो प्रिपेड कम्बो प्याक

यसैगरी, नेपाल टेलिकमले ‘सस्तो प्रिपेड कम्बो प्याक’ योजना पनि सुरु गरेको छ। यो योजना अन्तर्गत प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १ सय ५० मिनेट भ्वाइस, १ दशमलव ५ जीबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) २ सय ९९ रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न मिल्ने गरी पाउनेछन्।

सजिलो अनलिमिटेड प्रिपेड रु .५९९ मा

त्यस्तै, टेलिकमले ‘सजिलो अनलिमिटेड प्रिपेड रु. ५९९’ सेवा पनि सुरु गरेको छ। यो सेवा अन्तर्गत ५ सय ९९ रुपैयाँमा प्रतिदिन १ जीबीका दरले २८ दिन प्रयोग गर्न मिल्ने सुविधा या योजनामा रहेको छ । यो योजनामा ग्राहकले २८ जीबी डाटा पाउनेछन्। यो सेवा लिने ग्राहकले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा २ सय ९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ। जुन, २८ दिनसम्म प्रयोग गर्न मिल्नेछ।

एफटीटीएच आइपिटिभी अफर–२०७८

यसैगरी, टेलिकमले ‘एफटीटीएच आइपीटीभी अफर–२०७८’ योजनासमेत ल्याएको छ। यो योजना अन्तर्गत एफटीटीएच ट्रिपल प्ले (भ्वाइस, डाटा र टिभी) सेवा ग्राहकले एक वर्षका लागि लिए विषेश सहुलियत पाउने टेलिकमले जानकारी दिएको छ।

यो योजनाअन्तर्गत ग्राहकले २५ एमबीपीएस व्याण्डविथको नेट १५ हजार ९ सय ८० रुपैयाँमा प्राप्त गर्नेछन्। त्यस्तै, ४० एमबीपीएसका १७ हजार १ सय रुपैयाँ र ८० एमबीपीएस २२ हजार ५ सय रुपैयाँ ग्राहकले तिर्नुपर्ने छ। वार्षिक सेवा लिने ग्राहकलाई टेलिकमलेनै सेट–अप बक्स उपलब्ध गराउनेछ।

ग्राहकले स्टार १४१५ ह्याच डायल गरी योजनाबारे थप जानकारी लिनसक्ने टेलिकमले जानकारी दिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.