add

पशुपति धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन






ActPro Nepal

|

६ कार्तिक, २०८१

|
43

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा अध्ययन गर्नका लागि ६ सदस्यीय समिति गठन गरेको छ।

उक्त समितिको अध्यक्षता मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखाका प्रमुखले गर्ने छन्।

समितिमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र मन्त्रालयका संस्कृति शाखाका उपसचिवको उपस्थिति रहेको छ।

समितिले गौशाला धर्मशालाको स्थापना प्रक्रिया, आयव्ययको विवरण, लेखा परीक्षणको अवस्था, संरचनाको संरक्षण, तथा सेवा प्रवाहसम्बन्धी विभिन्न विषयमा अध्ययन गर्नेछ।

यससँगै सार्वजनिक लेखा समितिको सिफारिस, महालेखा परीक्षकको प्रतिवेदन, तथा पूर्वमा गठन भएका समितिका सिफारिसहरूको कार्यान्वयन स्थिति पनि समितिको अध्ययनको क्षेत्रभित्र पर्नेछ।

समितिले यस विषयमा ३० दिनभित्र सम्पूर्ण विवरण सहित प्रतिवेदन पेश गर्नुपर्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.