add

नेपालमै पहिलो पटक संकटमोचन श्रीहनुमद् महायज्ञ किन ? (भिडियोसहित)






ActPro Nepal

|

१५ चैत, २०८०

|
1944

दिपक घिमिरे 

काठमाडौ ।  नेपालमा पहिलो पटक संकटमोचन श्रीहनुमद महायज्ञ हुने भएको छ । अनन्त श्री विभूषित जगदगुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य (महायोगी सिद्धबाबा) को सत्संकल्पमा  जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ (श्रीराम तारकब्रह्म पीठ)  चतराधाममा ५ दिवसीय संकटमोचन श्रीहनुमद् महायज्ञ हुन लागेको हो । 

बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा हुने महायज्ञको मूल कार्यक्रम भने चैत २६ गतेदेखि बैशाख ११ गतेसम्म हुनेछ ।  प्रचीनहरिद्धार चतरा सुनसरीमा आयोजन हुने महायज्ञको सम्पुर्ण तयारी पूराभएको रामानन्दाचार्य सेवापीठले जनाएको छ । 


जगदगुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्यका  अनुसार अत्यन्त दयालु, परमकृपालु, कलियुगका साक्षात्त देवता संकटमोचन श्रीहनुमानजीको विगत एक वर्षदेखि अनन्य निष्ठावान साधक भक्तजनहरूद्वारा एकअर्ब श्री हनुमान मन्त्र जप तथा एकलाख हनुमान चालिसा, एकलाख संकटमोचन हनुमानाष्टक, दशहजार हनुमान बाहुक, दशहजार सुन्दरकाण्ड पाठको साथ कोटीहोम गरिने कार्यक्रम छ।


चैत २७ गते कलशयात्रा, चैत २७ गते देखि नेपाल आमाको सुपुत्री सुश्री चन्द्रकलासखीको मुखारविन्दबाट श्रीराम कथा, बैशाख ५ गते देखि ९ गते सम्म श्री बागेश्वरधाम सरकारबाट श्रीहनुमद कथा,बैशाख ५ गतेदेखि ११ गतेसम्म संकटमोचन श्रीहनुमद महायज्ञ हुने कार्यक्रम रहेको आयोजकले जनाएका छन ।

१ सय ८ कुण्ड, साततले हवन मण्डपको व्यवस्था गरिएको छ ।  ४००/१००० स्क्वायर फुट विशाल पण्डाल यज्ञमा भाग लिनेले दुई प्रकारबाट यज्ञको यजमान बन्नुपर्छ । एउटा मुख्य यजमान र अर्को अनुष्ठानी यजमान । अनुष्ठानी यजमानले १ लाख २५ हजार हवन गर्नुपर्छ ।  ५ लाख ५१ हजार हवन गर्ने, १ हजार हनुमान चालिसा र १ सय ८ सुन्दर काण्ड गराउनेवला जो महामना व्यक्ति छन् उहाँलाई मुख्य यज्ञकर्ता भनिएको छ । यस्ता कर्ताका सपरिवार आवास, भोजन र पास व्यवस्था गरिएको छ ।

यसको रहस्य:

संसारका समस्त प्राणीहरूको रोग, शोक, सन्ताप, दुःख, दारिद्र, कलह, अकाल मृत्यु, नवग्रहबाधा, भूतप्रेत, तन्त्रमन्त्र,  आदि यस कलिकालको भयानक कष्ट शमन पूर्वक लोकाः समस्ताः सुखिनो भवन्तु को निमित्त, स्मरण मात्रले पनि भक्तको दुःखहरण गर्ने, तत्काल प्रसन्न भइहाल्ने, अत्यन्त दयालु, परमकृपालु, कलियुगका साक्षात् देवता संकटमोचन श्रीहनुमानजीको विगत एक वर्षदेखि अनन्य निष्ठावान साधक भक्तजनहरूद्वारा एकअर्ब श्री हनुमान मन्त्र  जप तथा एकलाख हनुमान चालिसा, एकलाख संकटमोचन हनुमानाष्टक, दशहजार हनुमान बाहुक, दशहजार सुन्दरकाण्ड पाठको साथ कोटी होम हुन गइरहेको छ । 


नेपालको इतिहासमै पहिलो श्रीहनुमानजीको अनुष्ठानात्मक सर्वसिद्धिप्रद दुर्लभ महायज्ञमा यज्ञकर्ता बनि श्रीहनुमानजीको प्रत्यक्ष कृपा प्राप्त गर्न यहाँहरू सबै समक्ष आयोजकले आग्रह गरेको छ ।  

मनुष्यको मन, बुद्धिको सम्बन्ध आत्मासंग तथा आत्माको सम्बन्ध परमात्मासंग हुनु नै मानव जीवनको एक मात्र श्रेय हो । यस श्रेय सिद्धिको निमित्त वैदिक वास्तुमा आधारित मन्दिरको आश्रयपूर्वक उपासना गर्नु अपरिहार्य भएकाले प्राचीनकाल देखि नै अनेकानेक मन्दिरहरू निर्माण हुने गरेका छन् । 


वर्तमान समयमा यस्ता मन्दिरहरू वैदिक वास्तु विपरीत, विज्ञ आचार्यको निर्देशन बिना मनोमानी ढंगले निर्माण गर्ने गरेको पाइन्छ जुन अत्यन्त दुर्भाग्यपूर्ण रहेको छ । किनभने वास्तु तथा उपास्यदेवको प्रकृतिलाई ध्यानमा राखी मन्दिरको निर्माण गरिएन भने लाभको साटो निर्माणकर्ता सहित सो क्षेत्रवासी सबैका लागि अत्यन्त हानिकारक हुन्छ ।

शास्त्रविधिपूर्वक निर्मित मन्दिरमा भगवद् उपासना गर्नाले मनुष्यलाई मोक्ष प्रदान त गर्छ नै साथै धर्म, संस्कार, संस्कृति आदि परम्परालाई पनि अक्षुण्ण रूपमा जीवित राख्दै समाजलाई समता प्रदान गर्दछ ।

तसर्थ यस बराहक्षेत्र चतराधामको पावन भूमिमा प्रस्तावित श्रीराम मन्दिर ब्रह्माण्डीय वास्तुको आधारमा शास्त्रीय विधि अनुसार अद्वितीय ढङ्गले निर्माण हुन गइरहेको छ । जसले मानव इतिहासको तीनै काल (वैदिक, पौराणिक, वर्तमान) का समग्रतालाई आत्मसात गराउँदै नेपाली धर्म, संस्कार तथा लोपोन्मुख संस्कृतिलाई समेट्नेछ । 


तेत्तिसै कोटी देवताहरूले सुशोभित अनन्तकोटी ब्रह्माण्डनायक परब्रह्म परमात्मा श्रीरामभगवानको श्रीयन्त्र आकारमा निर्माण हुने यो विशाल मन्दिर समग्र हिन्दुहरूको लागि परम गन्तव्य तथा ऐतिहासिक स्थल हुनेछ ।

संकटमोचन श्रीहनुमद् महायज्ञमा प्रधान तथा मुख्य यज्ञकर्ताका रूपमा सहभागी हुने महानुभावलाई यस ऐतिहासिक मन्दिरको संस्थापकको रूपमा शिलालेखमा नाम अंकित गरी इतिहासको पात्र बन्ने सुवर्ण अवसर प्राप्त हुनेछ ।


१) प्रधान यज्ञकर्ता:–   प्रधान यज्ञकर्ता भन्नाले संकटमोचन श्रीहनुमद् महायज्ञ तथा श्रीहनुमत्कथाको प्रमुख व्यक्तिको रुपमा बुझिने छ । यस्ता प्रधान यज्ञकर्तालाई महायज्ञको सम्पूर्ण सेवा तथा विशेष प्रसादले सम्मान गरिनेछ र आवश्यक सुविधा उपलब्ध गराइनेछ साथै चाँदीद्वारा निर्मित श्रीहनुमानजीको दिव्य

विग्रह तथा संकटमोचन यन्त्र, ऋणमोचन यन्त्र, वाहन दुर्घटनानाशक यन्त्र, कुवेर यन्त्र, श्रीयन्त्र, रक्षासूत्र, सिन्दूर, विभूति तथा लड्डु प्रसाद प्रदान गरिनेछ साथै प्रस्तावित श्रीराम मन्दिरको शिलालेखमा नामाब्कित गरिनेछ ।

२) मुख्य यज्ञकर्ता :– मुख्य यज्ञकर्ताको नामबाट पाँचलाख एकाउन्नहजार संकटमोचन श्रीहनुमन्मन्त्रको जप सहित आहुति,एकहजार आठ हनुमान चालिसा, एकसय सुन्दरकाण्ड, एकसय आठ संकटमोचन हनुमानाष्टक, हनुमान कवच तथा हनुमान सहस्रनाम पाठ पूर्वक यज्ञ पूजन हुनेछ । यस्ता यज्ञकर्तालाई परमपूज्य सद्गुरुदेव जगद्गुरु महायोगीसिद्धबाबा एवं परमपूज्य श्रीबागेश्वरधाम सरकारको प्रत्यक्ष दर्शन एवम् भेटवार्ता सहित उहाँहरुको करकमलबाट श्रीहनुमानजीको प्राण प्रतिष्ठित विग्रह तथा संकटमोचन यन्त्र, ऋणमोचन यन्त्र, वाहन दुर्घटनानाशक यन्त्र, कुवेर यन्त्र, श्रीयन्त्र, रक्षासूत्र, सिन्दूर, विभूति तथा लड्डु प्रसाद प्रदान गरिनुका साथै भोजन, आवास आदि सुविधा, सत्सङ्गमा श्रीबागेश्वरधाम सरकारको सन्मुख अग्रपब्क्तिमा विशिष्ट आसनमा बस्ने व्यवस्था एवं मञ्चमा आरती गर्ने सौभाग्य प्राप्त हुनेछ र प्रस्तावित श्रीराम मन्दिरको शिलालेखमा नामाब्कित गरिनेछ ।

३) अनुष्ठानी यज्ञकर्ता :– श्रीहनुमानजीको एकलाख पच्चिसहजार देखि पच्चिसलाख सम्म विधिपूर्वक जप गर्ने श्रद्धालु भक्त अनुष्ठानी यज्ञकर्ता हुनेछन् । यस्ता यज्ञकर्ताको नाममा एकलाख पच्चिसहजार आहुति, एकसय आठ हनुमान चालिसा, एकसय आठ संकटमोचन हनुमानाष्टक, एकाउन्न सुन्दरकाण्ड, हनुमत्सहस्रनाम तथा हनुमत् कवच पाठ सहित यज्ञ पूजन गरिनेछ । 

यस्ता यज्ञकर्तालाई परमपूज्य सद्गुरुदेव जगद्गुरु महायोगीसिद्धबाबा एवं परमपूज्य श्रीबागेश्वरधाम सरकारको प्रत्यक्ष दर्शन एवम् भेटवार्ताको अवसर सहित उहाँहरुको करकमलबाट श्रीहनुमानजीको प्राण प्रतिष्ठित विग्रह, संकटमोचन यन्त्र, ऋणमोचन यन्त्र, वाहन दुर्घटनानाशक यन्त्र, कुवेर यन्त्र, श्रीयन्त्र, रक्षासूत्र, सिन्दूर, विभूति तथा लड्डु प्रसाद प्रदान गरिनेछ । यसका साथै भोजन, आवास आदि सुविधा सहित सत्सङ्गमा विशिष्ट आसनमा बस्ने व्यवस्था एवं आरती गर्ने सौभाग्य समेत प्राप्त हुनेछ ।

४) अतिथि यज्ञकर्ता :– श्रद्धा एवं सामथ्र्य अनुरुप विशेष पूजा तथा आहुति गर्ने श्रद्धालु भक्तजनलाई अतिथि यज्ञकर्ता भनेर बुझिनेछ । 


यस्ता कर्ता ४ प्रकारका हुनेछन् :

क) एकाउन्नहजार आहुति:– यस्ता यज्ञकर्ताको नामबाट श्रीहनुमानमन्त्रको एकाउन्नहजार जप तथा हवनका साथै एकसय आठ हनुमान चालिसा, एकसय आठ संकटमोचन हनुमानाष्टक, एकाउन्न सुन्दरकाण्ड, कवच तथा हनुमत्सहस्रनाम पाठ सहित होमादि पूजन गरिनेछ । यस्ता यज्ञकर्तालाई प्रसादको रुपमा श्रीहनुमानजीको लकेट माला, संकटमोचन यन्त्र, ऋणमोचन यन्त्र, वाहन दुर्घटनानाशक यन्त्र, कुवेर यन्त्र, श्रीयन्त्र, रक्षासूत्र, सिन्दूर, विभूति तथा लड्डुका साथै भोजन व्यवस्था एवं श्रीबागेश्वरधाम सरकारको सत्सङ्ग एवं दरबारमा प्रथम घेरा 'A’ मा बस्ने सौभाग्य प्राप्त हुनेछ ।

ख) एक्काइसहजार आहुति:–   यस्ता यज्ञकर्ताको नामबाट श्रीहनुमान मन्त्रको एक्काइसहजार जप तथा हवन, एकसय आठ हनुमान चालिसा, एकाउन्न संकटमोचन हनुमानाष्टक, एक्काइस सुन्दरकाण्ड, कवच, सहस्रनाम पाठ सहित होमादि पूजन गरिनेछ । यस्ता यज्ञकर्तालाई प्रसादको रुपमा संकटमोचन यन्त्र, ऋणनाशक यन्त्र, कुवेर यन्त्र, वाहन दुर्घटनानाशक यन्त्र, रक्षासूत्र, सिन्दूर, विभूति तथा लड्डुका साथै भोजन व्यवस्था एवं श्रीबागेश्वरधाम सरकारको सत्सङ्ग एवं दरबारमा द्वितीय घेरा 'B' मा बस्ने सौभाग्य प्राप्त हुनेछ।

ग) एघार हजार आहुति:– यस्ता यज्ञकर्ताको नामबाट श्रीहनुमानमन्त्रको एघारहजार जप तथा हवन, एकसय आठ हनुमान चालिसा, एक्काइस संकटमोचन हनुमानाष्टक, एघार सुन्दरकाण्ड, कवच, सहस्रनाम पाठ सहित होमादि पूजन गरिनेछ । यस्ता यज्ञकर्तालाई प्रसादको रुपमा संकटमोचन

यन्त्र, ऋणनाशक यन्त्र, वाहन दुर्घटनानाशक यन्त्र, रक्षासूत्र, सिन्दूर, विभूति तथा लड्डुका साथै भोजन व्यवस्था एवं श्रीबागेश्वरधाम सरकारको सम्मुख ततीय घेरा 'C' मा बस्ने सौभाग्य प्राप्त हुनेछ ।

घ) एकाउन्नसय आहुति:– यस्ता यज्ञकर्ताको नामबाट श्रीहनुमन्मन्त्रको एकाउन्नसय जप तथा हवन, एकाउन्न हनुमान चालिसा, एघार संकटमोचन हनुमानाष्टक, पाँच सुन्दरकाण्ड, कवच, सहस्रनाम पाठ सहित होमादि पूजन गरिनेछ । यस्ता यज्ञकर्तालाई प्रसादको रुपमा वाहन दुर्घटनानाशक यन्त्र, श्रीयन्त्र, रक्षासूत्र, सिन्दूर, विभूति तथा लड्डुको साथै भोजन व्यवस्था र श्रीबागेश्वरधाम सरकारको सम्मुख चौथो घेरा 'D’ मा बस्ने सौभाग्य प्राप्त हुनेछ ।

लाभहरु:

*व्यक्ति सात्विक गुणले युक्त भई सदा संकट रहित र सुखी

बन्छ ।

*सज्जनहरुलाई अनिष्ट गर्नेवाला कुनै पनि शक्ति, भूत, प्रेत, पिशाच, निशाचर, अग्नि, वेताल, जादू, टुना, तन्त्र, मन्त्र आदिको उत्पात तथा खराब स्वप्न आदि सबै श्रीहनुमानजीको कृपाले भष्मीभूत हुन्छन् ।

*कुल–कुलायन दोष, नवग्रहको प्रभाव, प्रकोप, कालसर्पयोग, साढेसाती, अढैया, गोचर, मुन्था, राहु, केतु आदि दोष श्रीहनुमानजीको उपासनाबाट सहजै निवारण हुन्छ ।

*धामी, झाँक्री, ज्योतिष वा अन्य कुनै पनि पूजा अनुष्ठानले सिद्ध गर्न नसकेका कार्यहरु सिद्ध भई भाग्योदय हुन्छ ।

*अकाल मृत्यु, समग्र भौतिक संकट, आपद् विपद्, विविध प्रकारका दुर्वुद्धि, अविद्या नष्ट भई श्रीसीतारामजी सरकारको चरणको निर्मल भक्ति प्राप्त हुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.