add

न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी






ActPro Nepal

|

२० फागुन, २०८१

|
374

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध गर्ने र झुटो आरोप लगाउने प्रवृत्ति रहेको बताएका छन्।

ट्रेड युनियन आन्दोलनको ७८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूहरू सरकारमा हुँदा नाटक गरेर समय बिताउने तर अरूले गर्न खोज्दा त्यसलाई असफल बनाउन खोज्ने प्रवृत्ति रहेको बताए।

‘नेपालमा एउटा लहर के छ भने, राम्रो काम गर्न कसैले खोज्यो भने त्यसको विरोध गर्ने र झुटो आरोप लगाउने चलन छ। कुनै सरकारले राम्रो काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने, आफू सरकारमा हुँदा नाटक गर्ने, अर्कोले गर्न खोज्दा त्यसलाई कसरी असफल बनाउन सकिन्छ भनेर बस्ने प्रवृत्ति छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै आपत्ति जनाए।

‘म चर्चा सुनिरहेको छु, खुद नर्सहरूले पनि न्यूनतम तलब पाइरहेका छैनन्। त्यस्तो हो भने उनीहरू पनि श्रमिक हुन्, फरक होइनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिएर काममा लगाउन कहीँ पनि पाइँदैन। त्यो कानुन लाग्ने विषय बनाउनुपर्छ। पारिश्रमिक कुनै पनि बाहनामा न्यूनतमभन्दा तल दिन पाइँदैन।’

उनले हरेक जनताले समृद्धि र विकास पाउनुपर्छ भन्ने विषयमा सरकारको ध्यान गएको पनि बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.