add

मुलुकलाई समृद्ध बनाउन मौलापुरबाट सिकौँ : साह






ActPro Nepal

|

२९ असोज, २०८१

|
66

काठमाडौं ।आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आफ्नै श्रीमती रिनाकुमारी साहको तारिफ गरेका छन्।

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाले नगरमा लागू गरेको विभिन्न आयोजना देशमै उत्कृष्ट रहेको र सो योजना अन्य पालिकाले समेत लागु गरी सर्वसधारण जनतालाई सेवा दिन उनले सुझाव दिँदै उनको तारिफ गरे।

बडादसैँ, शुभ दिपावली एवं छठ पर्वको अवसरमा रौतहटको मौलापुर नगरपालिकाको सोनरनियामा सोमवार आयोजित शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा आजपा अध्यक्ष साहले समृद्ध पालिका निर्माणका लागि मौलापुर नगरपालिकामा मेयर रिनाले लागु गरेको आयोजना आफ्नो पालिकामा समेत लागू गर्नुपर्ने बताए।

मौलापुर नगरपालिकाकी मेयर आफ्नो पालिकामा नगर प्रहरीको साटो नगर शिक्षक नियुक्त गरेकी छन्। अन्य पालिकाले शासन गर्नका लागि नगर प्रहरी नियुक्त गरेको तर मेयर रिनाले विद्यार्थीहरुको पढाई उत्कृष्ट बनाउनका लागि शिक्षक राखेकोमा आजपा अध्यक्ष साहले उनलाई बधाई एवं शुभकामना दिए।

यस्तै मेयर रिनाले मौलापुर नगरपालिकामा किसान एवं सर्वसधारणका लागि ‘फ्री बिजुली, फ्री पानी’, असहायसँग मेयर कार्यक्रम, नगर प्रहरी होईन नगर शिक्षक लगायतका लोकप्रिय कार्यक्रम लागू गरेकी छन्।

मौलापुरकी मेयर साहले आफनो नगरभित्र लागु गरेको ‘कर फ्रि’ कार्यक्रम समेत लोकप्रिय बनेको छ। मेयर रिनाले विभिन्न लोकप्रिय कार्यक्रम लागू गरी सर्वसधारण जनतालाई सेवा दिँदै दोस्रो कार्यकालका लागि मेयरको जिम्मेवारी निर्वाह गरिरहेकी छन्।

‘मौलापुर नगरपालिकामा ‘फ्री बिजुली, फ्री पानी’, असहायसँग मेयर कार्यक्रम, नगर प्रहर्री होईन नगर शिक्षक छ। यहाँ कुनै सिफारिस वा कामको कर लाग्दैन्, कर फ्रि छ। यस्ता लोकप्रिय कार्यक्रम लागु गरेर सर्वसधारणलाई सेवा गर्ने मेयर रिनाजीलाई म बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘म अरु पालिकामा हेर्छु करमाथि कर लागू गरिएको छ। शिक्षक होईन नगर प्रहरी नियुक्त गरिएको छ, शासन गर्नका लागि। किसानको विद्युत महशुल तिर्ने, सर्वसधारणका छोरीको विवाहमा आर्थिक सहयोग गर्ने, डाक्टर नियुक्त गर्ने र विरामीलाई सेवा दिने काम गर्नु धेरै नै उत्कृष्ट छ। अरु पालिकाले समेत मौलापुरबाट सिक्नुपर्ने देखिन्छ।’

मौलापुर नगरपालिकाकी मेयर रिना साहको पहल एवं योजनामा ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम अन्तरगत नगरका हजारौं किसानको विधुतको करोडौं रकम नगरपालिकाले तिर्दै आएको छ।

यस्तै असहायसँग मेयर कार्यक्रम अन्तरगत मौलापुरले गरिब समुदायका उमेर पुगेका छोरीको विवाहमा ३० हजारका दरले हजरौं परिवारलाई नगद सहयोग गर्दै आएको छ।

मौलापुरमा ‘फ्रि कर’ कार्यक्रम अन्तरगत कुनै पनि कर नगरपालिकाले लिदैन्। जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वा कुनै प्रकारको सिफारिस देखी मालपोत, नापी लगायतका कुनै पनि कर मौलापुरमा लाग्दैन्। यस्तैै सबै पालिकाले नगर प्रहरी नियुक्त गरेर शासन गर्दै गर्दा मौलापुरमा नगरशिक्षक, डाक्टर नियुक्त गरेर नगरबासीलाई सेवा दिने काम भईरहेको छ। यसैगरी मौलापुरमा धुवाधुलो मुक्त अभियान अन्तरगत हजरौं घरमा ग्यास सिलिण्डर, चुलो समेत वितरण गरिएको छ । नगरभित्रको शिक्षा, स्वास्थ्य, यातायातका लागि कालोपत्रे, ढलान लगायतका कामले नगरबासी खुशी छन्।  

यी र यस्ता कार्यक्रमको समर्थन र तारिफ आजपा अध्यक्ष साहले मात्रै नभई मेयर रिनाको विरोधीले समेत गर्दै आएका छन्। मेयर रिनाले गरेका यस्ता उत्कृष्ट काम एवं योजनाहरु अरु पालिकाले लागु गरेर समृद्ध नेपाल निर्माणको अभियान पुरा गर्नुपर्ने निष्कर्ष कार्यक्रममा सहभागिहरुको रहेको थियो।

कार्यक्रममा आजपाका महासचिव त्रिभुवन साह, उपमहासचिव सियाराम कुशवाहा, नगरप्रमुख रीना कुमारी साह लगायतको विशेष सहभागिता रहेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.