add

समाजवादीसहित ८ उम्मेदवारको धरौटी जफत






ActPro Nepal

|

१७ वैशाख, २०८१

|
79

काठमाडौं । बझाङमा सम्पन्न प्रदेशसभा सदस्य उपनिर्वाचनमा एकीकृत समाजवादीसहित ८ उम्मेदवारको धरौटी जफत भएको छ। सोमबार दिउँसो सम्पन्न अन्तिम मतपरिणाम अनुसार कूल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेकाहरूको धरौटी जफत भएको हो। धरौटी जफत हुने अन्य उम्मेदवारहरूमा राप्रपाका किशोर कुमार खड्का (२४२), जसपाका रामबहादुर जाग्री (३५)  गजेन्द्र बहादुर थापा (३५), दीपकबहादुर खड्का (२८) सुशीला देवी विष्ट (२६), खगेन्द्रबहादुर शाही (२४) र कमल घर्तीमगर (२) रहेका छन्।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ मा  ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने उल्लेख छ। निर्वाचित उम्मेदवारको हकमा भने यो लागू हुने नहुने कानुनी व्यवस्था छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.