add

सरकारलाई राप्रपाको प्रश्न- गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई छैन ?






ActPro Nepal

|

१५ चैत, २०७९

|
456

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमा राजावादी हुने छुट नागरिकलाई अधिकार छैन भन्दै सरकारसँग प्रश्न गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्ष लिङ्देनले मंगलबार आफ्ना प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीमाथि दुर्व्यवहार भएको भन्दै घोर भर्त्सना गरेका हुन् । 

मंगलबार मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन जानेक्रममा प्रमुख सचेतक शाहीमाथि दुर्व्यहार भएको भन्दै उनले यसप्रति घोर भर्त्सना गर्दै नागरिकलाई राजावादी हुने छुट नभएको हो भन्दै प्रश्न गरे । ‘सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यहार गर्ने प्रयास गरियो त्यसको म भर्त्सना गर्दछु’ उनले भने, ‘म सरकारसँग प्रश्न गर्न चाहन्छु, के सरकार मुठभेडतर्फ जान खोजेको हो ? के यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? ’

मिटरब्याजी पीडितको समस्या समाधान गर्न माग गर्दै अध्यक्ष लिङ्देनले यसलाई ढाकछोप नगर्न पनि आग्रह गरे । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.