add

एकदुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री शर्मा






ActPro Nepal

|

१५ चैत, २०७९

|
418

काठमाडौं । सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन् ।

सत्तारुढ दलहरूबीच मन्त्रालय बाँडफाँटको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले सो दाबी गरेकी हुन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै १/२ दिनभित्रै यसले पूर्णता पाउने बताएकी हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले भर्खरै विश्वासको मत लिनुभएको छ । र, सरकार विस्तारको चरणमा हामी छौँ । सरकार विस्तारको गृहकार्य करिबकरिब अन्तिम अवस्थामा आएको छ । अब मलाई लाग्छ–आजभोलि १/२ दिनमै सरकार विरताले पूर्णता पाउनेछ,' शर्माले भनिन् ।

सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सफल भएको उनको दाबी छ।

'यो सरकार गठन भएपछि जनताले सकारात्मक आशा पलाएको छ । यो सरकारले कही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो,' उनले भनिन्, 'त्यो नै सबैभन्दा ठूलो कुरा हो । त्यो नै महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.