माओवादी त्याग्दै शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश

माओवादी त्याग्दै शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा प्रवेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनमत पार्टी प्रवेश गरेका कुसवाहलाई अध्यक्ष सिके राउतले स्वागत गरे ।

जनमत पार्टीले बारा क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बनाउन कुशवाहालाई पार्टीमा भित्र्याएको हो ।

कुसवाहा गत मंसिर ४ गते भएको चुनावमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार थिए। उनले १३ हजार चार सय ६८ मत ल्याएका थिए।

यहाँ तत्कालीन जसपाका कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव निर्वाचित भएका थिए। उनले १३ हजार ८ सय २२ मत ल्याएका थिए। यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए । यादव उपराष्ट्रपति निर्वाचित भएपछि त्यहाँ आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

बारा २ मा जसपाबाट अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने चर्चा छ।

Recent Comments

No comments to show.