add

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता






ActPro Nepal

|

१८ माघ, २०७९

|
295

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।

शीर्ष नेताबीच भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता साझेदार दलहरूबीच सरकार गठन भएको सहमति कार्यान्वयन सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका सचिवालयले जानकारी दिएको छ ।

गृहमन्त्रालयको विषयलाई लिएर प्रधानमन्त्री र रास्वपाबीच असमझदारी बढेको छ । सर्वोच्चको फैसलापछि रवि लामिछानेले गृहमन्त्री गुमाएका थिए । गृहमा पुनः उनले दाबी गर्दै प्रधानमन्त्री र ओलीलाई भेटर दबाब दिँदै आएका छन् । तर अहिलेकै अवस्थामा गृहमन्त्रालय रास्वपालाई दिन प्रधानमन्त्रीले आनाकानी गर्दै आएका छन् ।

रास्वपाले पनि आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । यही असमझदारीबीच प्रधानमन्त्री भेट्न ओली बालुवाटार गएका हुन् ।

एमालेले पनि गृहमन्त्रालय रास्वपालाई नै दिन दबाब दिइरहेको प्रधानमन्त्रीका एक सदस्यले बताएका छन् । रविको बर्खास्तिपछि ओली र प्रचण्डको यो दोस्रो भेट हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.