add

प्रेमप्रसाद आत्मदाह प्रकरण उपेन्द्र महतोसँग प्रहरीले लियो बयान






ActPro Nepal

|

१८ माघ, २०७९

|
270

काठमाडौं । एक साताअघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युको घटनामा प्रहरीले गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ।

काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि आफैँमाथि पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका आचार्यको परिवारजनले ‘आत्महत्या दुरुत्साहन’को मुद्दामा आरोप लगाएपछि  महतोसँग प्रहरीले बयान लिएको हो  ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले व्यवसायी महतोसँग मङ्गलबार बयान लिएको बताए। उनका अनुसार आत्मदाह गर्नु अघि आचार्यले सामाजिक सञ्जालमा लेखेका आरोपबारेमा प्रहरले व्यवसायी महतोसँग बयान लिएको हो। आचार्यले महतोको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेर रकम निकासी नदिएको उल्लेख गरेका थिए ।

आचार्यको मृत्युपछि उनकी श्रीमतीले आर्थिक कारोबार जोडिएका व्यापारिक संस्था र तिनका प्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन्। सो किटानी जाहेरीमा विभिन्न व्यापारिक समूहका १२ जनाविरुद्ध उजुरी परे पछि प्रहरीले धमाधम बयान लिन सुरु गरेको हो । सो क्रममा सोमबार भाटभटेनी सुपर मार्केट्सका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिइएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.