add

अर्थतन्त्र सङ्कटमा छैन, यद्यपि केही चुनाैती भने छन् : अर्थमन्त्री शर्मा






ActPro Nepal

|

१५ मंसिर, २०७९

|
401

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको दावी गरेका छन्।

आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

शर्माले नेपालको अर्थतन्त्र संकटमा छ भन्नु गलत भएको बताए । उनले अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला यसको परिभाषा, देशको बस्तुस्थितिमा ध्यान दिन आग्रह गरे । निजी क्षेत्र र अर्थशास्त्रीलाई उनले देशको अर्थतन्त्र कसरी संकटमा परको छ भन्दै प्रश्न गरे ।

शर्माले भने, ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु नबुझ्ने कुरा हो, चुनौती छन्, त्यसको सामना गर्ने उपाय खोज्नु पर्छ ।’ आर्थिक सूचकांकले समेत यस्तै संकेत गर्ने उनको भनाइ छ ।

नयाँ जनादेशप्राप्त सरकारले यसमा ध्यान दिने उनको विश्वास छ । अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकैपटक माथि जाने खालको नभएको दाबी गरे ।

‘हिजोभन्दा आज अर्थतन्त्र सुधारको बाटोमा रहेको छ’ शर्माले भने ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.