add

समयअनुसार लगानीमैत्री नीतिनियम र कानुन व्यवस्थापन गर्न आवश्यक : उपसभामुख भुसाल






ActPro Nepal

|

२६ साउन, २०७९

|
603

वीरगञ्ज । उपसभामुख पुष्पा भुसालले मुलुकको विकासका लागि बलियो अर्थनीति आवश्यक रहेको बताएकी छन। पर्साको वीरगञ्जमा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उपसभामुख भुसालले स्वदेशी वा विदेशी दुवै लगानी सुरक्षित गर्न पनि  बलियो अर्थनीति आवश्यक रहेको बताइन।

नेपालमा विदेशी लगानी भित्र्याउन लालायीत हुने अवस्था सिर्जना भएको जिकिर गर्दै उपसभामुख भुसालले समयअनुसार लगानीमैत्री नीतिनियम र कानुन व्यवस्थापन गर्न आवश्यक रहेको बताइन।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणपश्चात् देशको आर्थिक विकासमा टेवा पुग्ने दाबी गर्दै उपसभामुख भुसालले प्रदेशमा गुरुयोजना बनाएर पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिइन। सो क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुवोधकुमार गुप्ताले समग्र मधेस प्रदेशको औद्योगिक अवस्थाबारे उपसभामुख भुसाललाई जानकारी गराएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.