add

सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक बस्दै






ActPro Nepal

|

२६ साउन, २०७९

|
701

काठमाडौं । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बिहीबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो २ बजे कार्यदलको बैठक बस्न लागेको हो। सीट बाँडफाँडबारे छलफल गर्न बैठक बोलाइएको हो।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्ने सहमति भएको छ। त्यसका लागि सीट बाँडफाँडको खाका बनाउन कार्यदल गठन गरिएको हो।

गठबन्धनको ११ सदस्यीय कार्यदलको आज दोस्रो बैठक बस्न लागेको हो। यअसघि साउन २३ गते पहिलो बैठक बसेको थियो। बैठकले कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको थियो।

कार्यदलले सीट बाँडफाँडको खाका बनाएर शीर्ष नेतालाई दिनेछ। त्यसका आधारमा शीर्ष नेतृत्वले कहाँ कसलाई उम्मेदवार बनाउने तय गर्नेछ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.