add

भीम रावलको प्रश्नः काठमाडौँमा सिटामोलको अभाव हो कि नाफाखोरीको तारतम्य?






ActPro Nepal

|

११ माघ, २०७८

|
647

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संघीय राजधानी काठमाडौंमा समेत सिटामोलको अभाव भएको भएको भन्दै सरकारको आलोचना गरेका छन्। 

सोमबार सामाजिक सञ्जालमार्फत नेता रावलले कोरोना महामारीको समयमा संघीय राजधानी काठमाडौंमा समेत सिटामोलको अभाव सरकारको अयोग्यता हो या यसमा पनि नाफाखोरीको तारतम्य ? भन्दै प्रश्न गरेका छन् । 

‘जनस्वास्थ्यप्रति ध्यान नदिई औषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन्’ भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन्’, रावलले सोमबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ। यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ?’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.