add

कांग्रेस महाधिवेशन: सबै पदको मत गणना सकियो, कुन पदमा को-को भए विजयी ? (नामावली सहित)






ActPro Nepal

|

८ पुष, २०७८

|
686

काठमाडौं । नेपाली कांग्रेसको एक सय ३४ पदका लागि भएको चुनावको मत गणना सकिएको छ ।

खसरआर्यतर्फ केन्द्रीय सदस्यको मतगणना सकिएसँगै एक सय ३४ पदका लागि भएको चुनावको सबै मत गणना सकिएको हो ।  

कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि सुरु भएको थियो । निर्वाचित उम्मेदवारलाई भोलि प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले गरेको छ ।

सभापति – शेरबहादुर देउवा
 
उपसभापति – पूर्णबहादुर खड्का र धनराज गुरुङ

महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा

सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्रा पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी ।

केन्द्रीय सदस्यहरू

खुलातर्फ (३५ जना) – शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे ।

महिला खुलातर्फ (९ जना) – डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही ।
आदिवासी जनजाति (७ महिलासहित १५ जना) – चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।
खस आर्य (६ महिलासहित १३ जना) – केशवकुमार बुढाथोकी, गोविन्द बहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।
दलिततर्फ (४ महिलासहित ९ जना) – मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।
मधेशीतर्फ (४ महिलासहित ९ जना) – अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव ।
थारूतर्फ (२ महिलासहित ४ जना) – रामजनम चाैधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र जीवन राना ।
मुस्लिमतर्फ (१ महिलासहित ३ जना) – अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन ।
अल्पसंख्यकतर्फ (१ जना) – प्रदीपकुमार सुनुवार
अपाङ्गता भएकातर्फ (१ जना) – मदनकृष्ण श्रेष्ठ
पिछडिएको क्षेत्रतर्फ (१ जना) – अर्जुनबहादुर सिंह
हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना
प्रदेश १: अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू
प्रदेश २: रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव
बागमती: राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी
गण्डकी: ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी
लुम्बिनी: देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का
कर्णाली: कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह
सुदूरपश्चिम: यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.