add

एमालेकाे पालिका अधिवेशन आज : अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने






ActPro Nepal

|

९ कार्तिक, २०७८

|
777

काठमाडौं । नेकपा एमालेले मंगलबार एकैसाथ ७ सय ५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दैछ। अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सबै पालिकाको अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन्। यो अधिवेशनबाट ५६ हजारभन्दा बढी नयाँ नेतृत्व चुनिँदै छन्। 

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र सदस्यहरु सहित पालिका कमिटि निर्वाचित गर्नेछ। पालिका/इलाका मातहतका वडा/शाखा कमिटीका अध्यक्ष पालिका र इलाका कमिटीका पदेन सदस्य हुनेछन्। नयाँ विधानअनुसार गाउँपालिका र नगरपालिका कमिटीको अधिकतम सदस्य संख्या ७५ हुने व्यवस्था छ। 

यसैगरी, अधिकतम सदस्य संख्या उपमहानगरपालिकामा ८५, महानगरपालिकामा १ सय १ र इलाकामा ५१ हुनेछ। देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन्। 

कम्तीमा एकतिहाइ महिलासहित विविधता प्रतिविम्बित हुने गरी समावेशी कमिटी बन्ने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

नयाँ विधानले पालिका  कमिटी दुई अधिवेशनबीचको अवधिमा आफ्नो कार्यक्षेत्रमा पार्टीको मुख्य कार्यकारी संस्था हुने व्यवस्था गरेको छ। त्यसैले पालिका अधिवेशनलाई महत्वका साथ हेरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.