add

नेपाल पक्षको शर्त: ओलीलाई आत्मालोचना गर्न एक साताको समय, अनि एकता






ActPro Nepal

|

२२ साउन, २०७८

|
845

काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहले साउन २४ गतेसम्म एकताको काम सक्न वार्ता टोलीलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एमालेसँगको एकतालाई अन्तिम रुप दिन वार्ता टोलीलाई साउन २४ गतेसम्मको समय दिएको हो ।

बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट विगतमा भएका कतिपय राजनीतिक निर्णय गलत भएको जनाउँदै एकताबद्ध पार्टीका लागि आत्मालोचना माग गरिएको छ ।

असार २८ गते पार्टीको विवाद समस्या समाधान कार्यदलले दिएको १० बुँदे सहमतिको प्रस्ताव मात्रै निकासका लागि पर्याप्त नभएकाले थप गृहकार्य गरेर पार्टीको छविलाई जनतासमक्ष पुनःस्थापित गर्न लाग्नुपर्नेमा पनि जोड दिइएको छ ।

नेपाल पक्षका सांसद मेटमणि चौधरीले केपी शर्मा ओलीलाई अध्यक्ष मानेर जान नसकिने भन्दै एमालेबाट उनको बर्हिगमन हुनुपर्ने भन्दै बताए ।

उनले पहिले कि ओली नेकपा एमालेमा रहनु भएन कि ओलीलाई हटाउनुपर्ने आफूहरुको अडान रहेको बताए ।

‘पहिले ओलीको बहिर्गमन हुनुपर्छ । कि ओली नेकपा एमालेमा रहनु भएन कि ओलीलाई हटाउनुपर्यो । यदि हामीले ओलीलाई हटाउन नसकेमा नयाँ पार्टी बनाएर पनि जानुपर्छ । हामीले साउन २४ सम्मको अल्टिमेटम दिएका छौँ,’ बैठकमा नेताहरुले भने ।

नेता चौधरीले एक हप्ताभित्र अध्यक्ष ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने र यदी त्यसो नभए छुट्टै कमिटी बनाएर जाने निर्णय भएको बताए । उनले सरकारमा जान पनि आवश्यक तयारी गर्ने विषय बैठकमा उठेको बताए ।

‘पार्टी एकता बन्द भएको होइन । सरकारमा पनि जाने पार्टी एकता पनि बढाउने कुरा हो,’ नेता चौधरीले भने ।

अर्का नेता सुरेन्द्र पाण्डेले तत्काल पार्टी विभाजनको तयारी नभएको भन्दै आफूहरु एकताको पक्षमा रहेको बताए ।

‘पार्टी विभाजनको तयारी पनि छैन, र नयाँ पार्टी खोल्ने अवस्था पनि छैन । हामीले एकताकै पक्षमा छलफल गरेका छौ’, उनले भने, ‘अहिले पार्टीमा दुईवटा रुप भएको सत्य हो, दुरी पनि धेरै टाढा पुगेको हो तर पार्टी खोल्ने र नयाँ दर्ता गर्ने अवस्था छैन ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.