add

मन्त्रालयको भागबण्डा टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बस्‍दै






ActPro Nepal

|

१४ साउन, २०७८

|
905

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज (बिहीबार) बिहानै बस्ने भएको छ ।

बैठक बिहान ८ः३०  बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएकाे छ ।

बैठकमा मन्त्रिपरिषद विस्तारका साथै सरकारका कामकारकाबाहीका विषयमा छलफल हुने बताइएकाे छ। कुन पार्टीले कति र कुन-कुन मन्त्रालय र को मन्त्री भन्नेबारे छलफल हुने भन्नेबारेमा छलफल हुने स्रोतले बताएकाे छ।

गठबन्धनका नेताहरूले बुधबार पनि छलफल गरेका थिए। मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउनेजस्ता विषयमा छलफल भएको थियो।

हाल सरकारमा कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् । अब जसपालाई पनि समेटर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.