add

जसपाद्वारा महन्थ ठाकुरसहित १७ जना निष्काशन






ActPro Nepal

|

१३ साउन, २०७८

|
1333

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिले महन्थ ठाकुर सहित १७ जनालाई पार्टीबाट निष्काशन गरेको छ । 

पार्टीको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि रेशम चौधरीसम्मलाई कारबाही गरेको हो।

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सनाखत गर्दा आफ्नो पक्षमा नउभिएका सबैलाई पार्टीबाट निस्काशन गरेको हो। सोमबार निर्वाचन आयोगमा सनाखत गर्दा यादवको पक्षमा ३४ जना उभिएका थिए भने ठाकुरको पक्षमा १६ जना उभिएका थिए। ५१ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरी तटस्थ बसेका थिए।

ठाकुर पक्षमा उभिने सबैलाई कारबाही गरेपछि हाललाई कार्यकारिणी समिति ३४ सदस्यीय रहने जसपाले बताएको छ। यसैबीच ठाकुर पक्ष निर्वाचन आयोगविरुद्ध अदालतमा जाने भएको छ । आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर पक्ष असन्तुष्ट बन्दै आयोगविरुद्ध अदालत जान लागेको हो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.