add

कांग्रेसमा ४ लाख बढी नयाँ क्रियाशील सदस्य थपिए,कुन प्रदेशमा कति ?






ActPro Nepal

|

१३ साउन, २०७८

|
1083

काठमाडौंं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि ४ लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् ।

कांग्रेसको आगामी महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७ सय ११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकोमा ४ लाख ९ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका हुन् ।

जसमा १७६ जना तेस्रो लिंगीले पनि सदस्यता पाएका छन्। क्रियाशील सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष र एक लाख ९९ हजार ९७ जना महिला छन्।

उमेर समूह अनुसार, सबैभन्दा बढी ४१ देखि ६० वर्षका छन्। प्रतिवेदन अनुसार, यो उमेर समूहका ३७.३० प्रतिशत अर्थात् तीन लाख २८ हजार २३४ जनाले सदस्यता पाएका छन्।

यस्तै, १६ देखि २५ वर्षसम्मका ४.५९ प्रतिशत अर्थात् ४० हजार ४२७ जना र २६ देखि ४० वर्षसम्मका २८.३७ प्रतिशत अर्थात् दुई लाख ४९ हजार ७७४ जना सदस्य बनेका छन्।

६१ वर्षभन्दा माथिका सदस्यको संख्या पनि १० प्रतिशत रहेको छ। ६१ देखि ७५ वर्षसम्मका ९.४३ प्रतिशत अर्थात् ८३ हजार १० र ७५ वर्षभन्दा माथिका १.३३ प्रतिशत अर्थात् ११ हजार ७८२ सदस्य छन्।


प्रदेश अनुसार, सबैभन्दा बढी बागमती प्रदेशमा एक लाख ८६ हजार १४३ जना सदस्य बनेका छन्। जसमध्ये नयाँ ९६ हजार ३२८ र नवीकरण गरेका ८९ हजार ८१५ जना छन्।

त्यस्तै, प्रदेश १ मा एक लाख ७४ हजार ७८२, प्रदेश २ मा एक लाख १२ हजार ९४६ र गण्डकी प्रदेशमा एक लाख १८ हजार ६३३ जना सदस्य बनेका छन्। लुम्बिनीमा एक लाख ३० हजार ८८५, कर्णालीमा ५४ हजार ५६६ र सुदूरपश्चिममा ७४ हजार ७५६ जना क्रियाशील सदस्य बनेका छन्।

सबै प्रदेशमा नयाँ सदस्य नै बढी छन्। प्रदेश १ मा ८९ हजार २९० नयाँ र ८५ हजार ४९२ नवीकरण, प्रदेश २ मा ५९ हजार ४६५ नयाँ र ५३ हजार ४८१ नवीकरण तथा गण्डकीमा ६१ हजार ५२४ नयाँ र ५७ हजार १०९ नवीकरण गरिएका छन्।

यस्तै, लुम्बिनीमा ६७ हजार ११६ नयाँ र ६३ हजार ७६९ नवीकरण, कर्णालीमा ३० हजार ९१७ नयाँ र २३ हजार ५४९ नवीकरण तथा सुदूरपश्चिममा ३९ हजार ३८ नयाँ र ३५ हजार ७१८ नवीकरण गरिएका छन्।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा बनेको छानबिन समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। अब देउवाले हस्ताक्षर गरेर निर्वाचन समितिलाई प्रदान गरेपछि महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.