add

उद्धार र राहतमा खटिन बस्नेतको निर्देशन






ActPro Nepal

|

२ असार, २०७८

|
1040

काठमाडौं । नेपाल दलका अध्यक्ष जितजंग बस्नेतले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन जल्ला कार्यसमितिहरूलाई निर्देशन दिएका छन् ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार परिपत्र जारी गरेर अबिरल वर्षासँगै आएको बाढीपहिरोबाट हजारौँ सर्वसाधारण प्रभावित भएको भन्दै उद्धार र राहतमा खटिन निर्देशन दिएका हुन् ।

‘बाढीपहिरोबाट सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरूलाई अपील छ’, बस्नेतले भनेका छन् ।

अविरल रुपमा वर्षा भई बाढी पहिरोको कारण केहि दिनदेखि सिन्धुपाल्चोक, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पा, मनाङ लगायत देशका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति व्यहोरीसकेको भन्दै बस्नेतले उद्धारमा खटिन निर्देशन दिएका छन् ।

‘जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार अझै केहि दिन लगातार वर्षा हुने पूर्वानुमान गरिएको छ’, उनले भने, ‘यस्तो समयमा खोला, नदी, नालाहरूमा पानीको बहाव बढ्ने र बाढी र पहिरोको जोखिम पनि उत्तिकै बढी रहने सम्भावना रहन्छ ।’

‘यस्तो अवस्थामा आफ्नो जिल्ला, क्षेत्रमा हुन् सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन, जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्धार र राहत वितरण कार्यमा जुट्न जिल्ला एवं स्थानीय तहका सम्पूर्ण तरुण युवा साथीहरूलाई नेपाल तरुण दल केन्द्रीय समिति निर्देशन गर्दछ’, परिपत्रमा उल्लेख छ ।

‘विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरू एवं मातृपार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न निर्देशनसहित यो परिपत्र गरिन्छ’, तरुण दलका अध्यक्ष बस्नेतले भनेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.