add

ओली समूहका ७ जना सांसदलाई निलम्बन गर्ने संसदीय दलको निर्णय






ActPro Nepal

|

३१ जेठ, २०७८

|
649

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले संस्थापन समूहका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

संसदीय दलको आज सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै उनीहरूलाई निलम्बन गरेको हो । नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री रहेका त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै बहुमत संसदीय दलले यस्तो निर्णय गरेको बताइएको छ ।

निलम्बनमा पर्नेहरूमा लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मी छन् । उनीहरुलाई यसअघि दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए ।

बैठकले ७ जनामध्ये केहीलाई ७ दिन र केहीलाई १० दिनका लागि निलम्बन गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.