add

जनता समाजवादी पार्टी नेपाल वैकल्पिक सरकार गठनमा नलाग्ने : महन्थ ठाकुर






ActPro Nepal

|

२८ वैशाख, २०७८

|
1268

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका छन् ।

सोमबार राति एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले आफ्नो पार्टीले उठाएका मुद्दाबारे वर्तमान सरकारसँग भएका वार्ता सकारात्मक तथा कार्य-प्रगति उन्मुख रहेकाले आफूहरू अर्को सरकारको पक्षमा नरहेको बताएका हुन्।

ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो, मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ। त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ।’

सोमबार संसदमा विश्वासको मतमा पराजित भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट बर्खास्त भएका छन्। त्यस लगत्तै जसपा अध्यक्ष ठाकुरको यस्तो विज्ञप्ति आएको हो। 

जसपा (भट्टराई–यादव पक्ष) पक्ष भने वर्तमान सरकारको विरुद्धमा छ। ठाकुर पक्षले सोमबार सरकारको पक्ष र विपक्षमा कतै मतदान नगर्दा भट्टराई–यादव पक्षले भने सरकारको विपक्षमा पतदान गरेको थियो।


 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.