add

प्रधानमन्त्रीलाई देउवाको प्रश्न, 'कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रीलाई काम गर्न कसले रोक्यो ?'






ActPro Nepal

|

२७ वैशाख, २०७८

|
923

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले सरकार पूर्ण रुपमा असफल भएको  बताएका छन् . 

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले पेश गरेको विश्वासको मतमाथि कांग्रेसको धारणा राख्दै सभापति देउवाले अहिलेको सरकार बनेको ३ वर्षसम्मको काम हेर्दा मुलभूत रुपमा सरकार असफल रहेको बताएका हुन् । 

उनले भने,‘३ वर्षमा विश्वासको मत लिन आउनुपरेको छ । यसको को जिम्मेवार हो ? स्वयं प्रधानमन्त्री नै जिम्मेवार हो ? सहयोगी भूमिका निर्वाह गर्दा आलोचित पनि भयौँ । कार्यकारी प्रमुखको कामको पनि अरुमाथि दोष थोपर्ने ? अरुमाथि दोष र गुनासो थोरेर प्रधानमन्त्री जिम्मेवारीबाट भाग्न मिल्छ ? केपी ओली सरकार मुलभूत रुपले असफल भएको छ ।’

प्रधानमन्त्री ओलीलाई एकपटक छातीमा हात राखेर आफैँले गरेका कामको समीक्षा गर्न आग्रह गरेका सभापति देउवाले भने, ‘केपी ओलीजी छातीमा हात राखेर भन्नुस् । यो अवस्था तपाईंले सिर्जना गरेको होइन ? ’

कोरोना महामारीको अहिलेको अवस्था आउनुमा सरकार जिम्मेवार रहेको सभापति देउवाले बताए । उनले भने,‘संसदमा विश्वासको मतका बारेमा छलफल गरिरहेको अवस्थामा कोभिडको महामारीका कारण अस्पताल नपाएर मर्नु पर्ने अवस्था छ । कोरोनाको महामारी शुरु भएको एकवर्षभन्दा बढी भइसक्यो । कांग्रेसले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेर ध्यानाकर्षण गराउँदा पनि सरकार सचेत हुन सकेन ।’

आफूलाई विश्वासको मत नआउने थाहा पाउँदापाउँदै पनि ओलीले विश्वासको मत मागेको सभापति देउवाले बताए । कोरोना महामारी नियन्त्रण गर्नुपर्ने सरकार आफैँले ठूलाठूला आमसभा गरेर कोरोना महामारी फैलाएको सभापति देउवाले आरोप लगाए । उनले भने, ‘तयार हुन बाँकी रहेको धरहरा उद्घाटन गर्नुभयो । यो गैरजिम्मेवारी होइन ? ’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.