काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल गठन गरेका छन् । आइतबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेलगत्तै पोखरेलले दुई जना मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्री हरि रिजाललाई शपथ ग्रहण गराएका छन् । चौधरी यसअघि सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधारमन्त्री थिए । रिजालले भने नयाँ नियुक्ती पाएका हुन् ।
यस्तै जसपाबाट मन्त्री बनेका यसअघिका चारै जना मन्त्री भएका छन्। जसमध्ये सन्तोष पाण्डे र विजय यादवले आज सपथ लिएका छन भने कल्पना पाण्डे र सुमन शर्मा रायमाझी उपस्थित नभएकोले भोलि उनीहरूको सपथ गराईने कार्यक्रम छ । पाण्डेले भौतिक पुर्वाधार विकास र यादवले भूमी व्यवस्था तथा कृषि मन्त्रीको रूपमा सपथ लिएका हुन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।