add

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति,शुक्रबार विप्लव र ओली एउटै मञ्चमा






ActPro Nepal

|

२० फागुन, २०७७

|
1402

काठमाडौं । दुई वर्षपछि प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् ।

बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति जुटेपछि फागुन २१ गते विशेष समारोहकाबीच ‘विप्लव’ सार्वजनिक हुने भएका हुन् ।

विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । ओली नेतृत्वको सरकारले पार्टीमाथि प्रतिवन्ध लगाएपछि विप्लव भूमिगत रहँदै आएका छन् । विप्लव समुहले वर्तमान व्यवस्था र संविधान नै नमान्ने बताउँदै आएको थियो ।

शुक्रबार विशेष समारोह गरेर सरकार र विप्लव समूहबीच भएका सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

त्यस्तै विप्लव समूहका सबै बन्दी रिहा हुने भएका छन् । सरकार र नेकपा ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका हुन् ।

यसअघि विप्लव समूहले आफ्ना एक हजार बढी नेता कार्यकर्तालाई सिरकारले नियन्त्रणमा लिएको बताउदै आएको थियो । सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र, बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत पर्नेछन् ।

सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिपत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले बन्दी बगाएकाहरुको रिहाइ गर्ने उल्लेख छ । साथै विप्लव समुहका नेता कार्यकर्तामाथिको मुद्दासमेत खारेज हुने भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.