add

प्रधानमन्त्रीको अभिव्यक्ति र राजपत्रबारे अदालतमा प्रश्न उठाउन रोक






ActPro Nepal

|

११ माघ, २०७७

|
1196

काठमाडौं ।  संसद विघटनका मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा भइरहेको बहसमा प्रधानमन्त्रीका अभिव्यक्ति र राजपत्रमा संसद् विघटनको सूचनाबारे अधिवक्ताले बहस गर्न खोज्दा प्रधानन्यायाधीशले रोकेका छन्। शुक्रबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एक जना बाजेलाई तमासा गर्न लगेछन्’ भनेका थिए।

आइतबार इजलासमा त्यसबारे वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रश्न उठाएका छन्। उनले भनेका छन्, ‘यो तमासा हो श्रीमान्, हामी तमासा गर्न बसको हौँ ?’ तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बाहिर भइरहेको कुराबारे चर्चा नगर्न आग्रह गरेका छन् । ‘बजारका कुरामा नजानुस्, आफ्नो विषयमा जानुस्,’ उनले भने।

वरिष्ठ अधिवक्ता त्रिपाठीले ‘कुरा सिरियस छ’ भन्दा प्रधानन्यायाधीश जबराले भनेका छन्, ‘सबै कुरा सिरियस छ, तर हामी बाहिर ध्यान मोड्दैनौं । बजारमा कसले कति भनिरहेका छन्, हामीले माइन्ड त्यता मोड्न हुँदैन।’

उनले अघि भने, ‘एक जना मात्र होइन, हाम्रा पूर्व हेर्नुस्, वर्तमान हेर्नुस्। तपाईं आफ्नोमा जानुस्।’ आजै इजलास सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले संसद् विघटनको सूचना रातारात राजपत्र प्रकाशित गरेको विषय उठाउँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोकेका थिए।

प्रतिनिधिसभा विघटनको सूचना प्रकाशित राजपत्रमाथिनै शंका उत्पन्न भएपछि उक्त राजपत्रको वैधानिकता जाँच गर्नका लागि सर्वोच्च अदालतमा निवेदन परेको छ। संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट हालेका प्रचण्ड-माधव पक्ष नेकपाका नेताहरू देव गुरुङ, रामकुमारी झाँक्री, शशि श्रेष्ठ तथा कृष्णभक्त पोखरेलले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन दिएका हुन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.