add

‘देश निर्वाचनमा गइसक्यो, जनताको फैसलालाई स्वीकार गर्ने आँट गर्नुहोस्’






ActPro Nepal

|

८ माघ, २०७७

|
931

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका महासचिव विष्णु पौडेलले सरकारले निर्वाचनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न तयार रहेको बताएका छन् ।

बिहीबार ओली निकट प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकाय र सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको बजेटले नरोकिने बताएका हुन् ।

‘नेपाली समाज नयाँ निर्वाचनतर्फ गइसकेको छ। प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ’, उनले भने, ‘तर अब प्रतिनिधिसभा पुनस्स्थापनाको कुनै सम्भावना छैन र हुनै सक्दैन। संविधानको धारा ७६ को ७ र धारा ८५ ले पाँच वर्षअघि नै प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको छ।’

उनले वैशाखमा निर्वाचन भएरै छाढ्ने दावी गरे। ‘आगामी वैशाखको १७ र २७ गते निर्वाचन भएरै छाड्छ, हामी ताजा जनादेशका आधारमा नयाँ जनप्रतिनिधि संस्थाको निर्माण गरेर छाड्छौँ।

मुलुकलाई अगाडि लैजान्छौँ’, ‘सरकारले निर्वाचनका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न तयार छ भने निर्वाचन हुँदैन कसरी रु, निर्वाचन रोक्छ कसले’ उनले भने।

प्रतिनिधिसभाका बहुमत सदस्यको साथमा संसद विघटन गरिएकाले पौडेलले बताए । ‘संसद अनुशासित हुन सकेन भनेर ताजा जनादेशका लागि जान संसद विघटन गरिएको छ । तोकिएको समयमा निर्वाचनमा हुन्छ । निर्वाचन आयोगले तोकिएको समयमा निर्वाचन सम्मान गर्न सक्षम रहेको छ ।

राजनीतिक दलले निर्वाचनमा जानका लागि अदालतको निर्णयको प्रतिक्षा गरिरहेको अवस्था छ । निर्वाचन हुन सक्दैन भनेर भ्रम सिर्जना गर्न खोजिएको छ । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुमतसहित देश सबैभन्दा ठूलो दल भन्ने उनको दाबी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.