add

घाँटी रेटी हत्या गरेको शिक्षकको जिम्मेवारी लिँदै विप्लव समूहले भन्यो,‘प्रतिकारमा मारिए’






ActPro Nepal

|

२३ मंसिर, २०७७

|
944


घाँटी रेटी हत्या गरेको शिक्षकको जिम्मेवारी लिँदै विप्लव समूहले भन्यो,‘प्रतिकारमा मारिए’
काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटिएको अवस्थामा फेला परेको छ।

मंगलबार बिहान नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पाँच जनाले घरबाटै अपहरण गरी लगेका श्रेष्ठको शव बर्खे जंगलमा फेला परेको हो।

यसअघि प्रहरीले उनको गोली हानी हत्या गरेको बताएपनि घटनास्थल पुगेको प्रहरीले श्रेष्ठको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला पारेको हो।

विप्लब समूहको मेची(कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याको जिम्मेवारीे छ । समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेको विज्ञप्तिमा दाबी गरिएको छ ।

उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’

श्रेष्ठले जनताका घरमा पटक-पटक प्रहरी पठाएर नेता-कार्यकर्तालाई खान-बस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको दाबी विज्ञप्तिमा गरिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.