add

पर्यटनमन्त्रीले गरे ३ सय विपन्न नागरिकको कोरोना बीमा






ActPro Nepal

|

१० मंसिर, २०७७

|
1015

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तीन सय विपन्न नागरिकको कोरोना बीमा गरि दिएका छन् ।

आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमामा खर्चिएका हुन् ।

ताप्लेजुङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसदले भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका ३ सय न्यून आए भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बीमा गरेका विज्ञप्तिमा जनाइएको छ ।

साथै मन्त्री भट्टराईले आफ्नो तलवभत्ताबाट ताप्लेजुङ स्थायी ठेगाना भएका कुल १२७६ जनाको कोरोना बीमा गराइदिएका छन् । यसरी मन्त्री भट्टराईले कुल १५७६ जना नागरिकको कोरोना बीमा आफ्नो खर्चबाट गराइदिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.