add

बुटवलमा अर्थमन्त्री पौडेललाई देखाइयो कालोझण्डा






ActPro Nepal

|

१० मंसिर, २०७७

|
972

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । 

राजधानीसँग अर्थमन्त्री पद साटेको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीले मन्त्री पौडेललाई कालोझण्डा देखाएको हो ।

उनलाई बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएको थियो । नेवि संघ र तरुण दलका कार्यकर्ताले कालोझण्डा देखाउँदै सडकमा नाराबाजी समेत गरेका थिए । प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

हालै प्रदेशको स्थायी राजधानी दाङ तोकिएको थियो । यसअघि राजधानी तोक्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले विरोध गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.