add

विप्लव समूहका अर्थ विभाग प्रमुखसहित दुई जना पक्राउ






ActPro Nepal

|

७ मंसिर, २०७७

|
1018

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुखसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्थ विभागका प्रमुख प्रेम दर्नाल (विकल्प) र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण) रहेका छन् । दर्नाल नेकपाका पोलिटब्युरो सदस्य पनि हुन् । चन्दा सहयोग गर्नुपर्ने दबाब दिइरहेका उनीहरु व्यापारीसँग नख्खु क्षेत्रमा बैठकमा व्यस्त थिए । बैठक चलिरहेका बेला प्रहरीले उनीहरुलाई शुक्रबार दिउँसो पक्राउ गरे पनि घटना ढिलो बाहिरिएको हो ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले शनिबार धम्कीपूर्ण भाषमा विज्ञप्ति जारी गर्दै पक्राउको पुष्टि गरे । आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरिएको भन्दै विज्ञप्तिमार्फत विनासर्त रिहाईको माग पनि गरिएको छ ।

विप्लव समूहका प्रवक्ता प्रकाण्डले पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी गरेका छन् । उनीहरूको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको दाबी विप्लव समूहले गरेको छ ।

धम्कीपूर्ण विज्ञप्तिमा लेखिएको छ , ‘निचतापूर्ण आक्षेप लगाउने, बदनाम गर्न कुचेष्टा गर्ने, झूट्टो मुद्दामा फसाउन अपराध गर्ने र शारीरिक तथा मानसिक यातना दिई कार्यकर्ताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने हर्कत गरियो भने उक्त कार्य पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य हुने छैन । त्यसको भागीदार अपराधमा संलग्न तत्वहरू भएरै छोड्ने कुरा पनि पार्टी स्पष्ट पार्दछ ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.