add

नेपाली सेनाको मानार्थ महारथी दर्जाका लागि नरवाणे कात्तिक १९ गते नेपाल आउने






ActPro Nepal

|

११ कार्तिक, २०७७

|
869

काठमाडौं। भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउने भएका छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारी अनुसार नरवणे चार सदस्यीय भ्रमणदलको साथमा नेपाल आउने भएका छन्।

नरवणेले कार्तिक २१ गते सम्म नेपालमा रहँदा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारद निरीक्षण तथा समकक्षी पूर्णचन्द्र थापासँग छलफल लगायतका कार्यक्रममा सहभागी हुनेछन्।

यसैक्रममा नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवि भण्डारीले एक विशेष समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन्।

त्यस्तै नरवणेले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्रीसँग पनि औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले बताएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.