काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकजना अध्यक्ष कमल थापाले अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकताबारे एकपक्षीयरूपमा भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।
जुन पार्टी एकताको भावनाविपरीत रहेको थापाले बताएका हुन्।
सामाजिक संजालमार्फत आज मंगलबार आफ्ना धारणा सार्वजनिक गर्दै थापाले डा. लोहनीको अभिव्यक्तिलाई एकता खल्बल्याउने मनशायबाट अभिप्रेरित रहेको टिप्पणी गरेका छन्।
डा. लोहनीले एक टेलिभिजनसँगकाे अन्तर्वार्तामा व्यक्त गरेको अभिव्यक्तिपछि अध्यक्ष थापाको प्रतिक्रिया आएको हो।
डा.प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकतावारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गर्नु भएको छ,त्यो पार्टी एकताको भावना विपरित छ।एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ।
— Kamal Thapa (@KTnepal) September 15, 2020
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।