add

नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको कार्य योजनाप्रति नेपालको आपत्ति






ActPro Nepal

|

२६ भदौ, २०७७

|
557

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ ।

गत १३ साउनमा पार्टीभित्रको आन्तरिक किचलोका कारण उत्कर्षमा पुगेको बैठक दुवै अध्यक्षको सहमतिमा आज बसेको हो । आजको बैठकमा पेश हुने प्रस्ताव अध्यक्षद्वय ओली–दाहालले हिजै तयार गरिसकेका थिए ।

गत १८ भदौको सचिवालय बैठकमा राखेको १५ बुँदे सहमतिमा आफ्ना कुरा नसमेटिएको भन्दै माधव कुमार नेपालसहित उनीनिकटका नेताहरुले असन्तुष्टि जनाएको एक सदस्यले जानकारी दिए ।

अहिलेसम्म बैठकमा बोल्ने सदस्यमध्येमा धेरै नेपाल पक्षका बोलिरहेका छन् । अहिलेसम्म नेपाल पक्षका ९ सदस्यहरु बोलेका छन् ।

भीम आचार्य, अष्टलक्ष्मी शाक्य, देव गुरुङ, घनश्याम भूसाललगायतका सदस्यहरुले आफ्नो कुरा राखेको उनले बताए ।

उनीहरु सबैले अध्यक्षद्वयको कार्ययोजनाप्रति प्रश्न उठाएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.