add

बीपी जयन्तीमा स्वास्थ्यकर्मीहरुका लागि नेपाल तरुण दलको सहयोग






ActPro Nepal

|

२४ भदौ, २०७७

|
715

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बीपी जयन्तीको अवसर पारेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

तरुण दलले बुधबार बिहान कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुका लागि मास्क, पीपीई र फेस सिल्ड वितरण गरेको हो ।

जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै बीपी जयन्तीको अवसरमा स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष जितजंग बस्‍नेतले जानकारी दिए ।

उनले पाटन अस्पतालको हाडजोर्नी विभागलाई एक हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड र वीर अस्पतालको नाक, कान, घाँटी विभागलाई हजार थान मास्क, २० थान पीपीई सेट र २० थान फेस सिल्ड हस्तान्तरण गरिएको जानकारी दिए ।

तरुण दललाई कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.