add

पुनर्निर्माण र पुनर्स्थापनाका अनुभव साट्न राष्ट्रिय परिसंवाद






ActPro Nepal

|

६ भदौ, २०७७

|
1071

काठमाडाैं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ वैशाखको भूकम्पपछि पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवम् सिकाइ आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम गर्ने भएको छ।

भदौ ८ देखि ११ गतेसम्म भर्चुअल माध्यमबाट परिसंवाद कार्यक्रम आयोजना गर्न लागिएको हो।

नेपालको पुनःनिर्माण तथा पुनर्स्थापनामा संलग्न विभिन्न निकाय एवम् साझेदार संघसंस्था, विज्ञलगायत सरोकार भएका व्यक्तिलाई एउटै मञ्चमा ल्याएर परिसंवाद गर्न लागिएको हो।

पुनर्निर्माण तथा पुनर्स्थापनाका क्रममा प्राप्त सफलता, उपलब्धि एवम् कमीकमजोरीबारे समीक्षा गरी साझा धारणा निर्माण गर्ने परिसंवाद कार्यक्रमको उद्देश्य रहेको प्राधिकरणका कार्यकारी समिति सदस्य एवम् अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।

भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाइ र अनुभव अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौँमा प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ।

सोही सम्मेलनको तयारीका क्रममा प्राधिकरणले परिसंवादलगायत विभिन्न कार्यक्रम गर्न लागेको हो। परिसंवादमा पुनर्निर्माण र पुनर्स्थापनाका ६ वटा विषयगत क्षेत्र क्रमशः निजी आवास पुनर्निर्माण, सार्वजनिक एवम् सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनःनिर्माण, जीविकोपार्जन, उद्धार तथा राहत एवम् सुशासनबारे छलफल हुनेछ। परिसंवादमा ६० वटा शोधपत्र प्रस्तुत हुनेछन्।

परिसंवादमा प्राधिकरणलगायत सरकारी निकायका प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञ, भूकम्पपीडित, निजी क्षेत्रका प्रतिनिधि एवम् कार्यपत्रका प्रस्तोता सहभागी हुने प्राधिकरणका सहप्रवक्ता एवम् अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका सदस्य-सचिव मनोहर घिमिरेले जानकारी दिए।

कार्यक्रममा सहभागी हुन चाहनेले अनलाइन दर्ता प्रक्रियामार्फत् भाग लिन सक्नेछन्। त्यसका लागि सचिवालयको इमेल ठेगानामार्फत् सम्पर्क गर्न सकिने उनले सुनाए। कार्यक्रममा औपचारिक र प्राविधिक गरी दुई सत्र हुनेछ।-रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.