add

माधव नेपालका पीएसओसहित ९ जनामा कोरोना संक्रमण पुष्टि






ActPro Nepal

|

६ भदौ, २०७७

|
792

काठमाडौं। नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका निजी सुरक्षा अधिकारी (पीएसओ)सहित सुरक्षामा खटिएका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतममका अनुसार, नेपाल प्रहरीका दुई जना र सशस्त्र प्रहरीका सात सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो। तर, नेता नेपाल र उनको परिवारका सबै सदस्यको भने नेगेटिभ रिपोर्ट आएको गौतमले बताए।

नेपाल प्रहरीका दुईमध्ये एक जना नेता नेपाल चढ्ने गाडीको वैकल्पिक चालक हुन्। गत बिहिबार नेता नेपाल निवासमै ३३ जनाको स्वाब संकलन गरिएको थियो। त्यसमध्ये ९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको रिपोर्ट गएराति आएको थियो। 

कोरोना संक्रमण देखिएका सबैलाई आज कीर्तिपुरस्थित आइसोलेसनमा लगिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.